स्यालको हुइयाँ कै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन – अध्यक्ष दाहाल
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र बलिदानी संघर्षलाई वदनाम गराउन केही तत्व सक्रिय रहेको बताउनु भएकोछ। पार्टी कार्यालय धुम्बाराहीमा आज सोमबार आयोजित सुरेश वाग्ले “वासु” को स्मृति दिवसमा उहाँले गणतन्त्र र संघर्षलाई वदनाम गराउन केही तत्व सक्रिय रहेको दाबी गर्नु भयो। ‘केही तत्व गणतन्त्र र बलिदानी संघर्षलाई बदनाम गराउन सक्रिय छन्, सिंहका अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना गर्न मिल्दैन ।’ अध्यक्ष दाहालले बताउनु भयो।
सरकारले जन अपेक्षा अनुसार राम्रो काम गरेको भएता पनि त्यसको प्रचार हुन नसकेको अध्यक्ष दाहालले बताउनु भयो। सरकारका कामलाई जनता समक्ष पुर्याउन पार्टीले विशेष अभियान नै चलाउने उहाँले बताउनु भएकोछ। सोहि क्रममा अध्यक्षा दाहालले वासु जस्ता क्रान्तिकारीले देखेको सपना पूरा गर्नका लागि क्रान्तिकारीहरु लाग्नु पर्नेमा जोड दिनु भयो।
पछिल्लो समय कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता बढी नै आत्मकेन्द्रीत, व्यक्ति वादी, आदर्शबाट विचलन तिर जान खोजेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहाले क्रान्तिकारी सहिदलाई स्मरण गर्दै पार्टीलाई थप क्रान्तिकारी दिशा तर्फ अघि बढाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ।