मुलुकको राष्ट्र गान बज्दा नउठने मानिस नेपाली हुनै सक्तैन : मन्त्री बाँस्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घको ३२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले अहिले चलचित्रले नेपाली मौलिकता तथा संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको अवस्थामा विविधताभित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर ऐन ल्याइने बताउनुभयो । उक्त ऐन प्राविधिक कारणले अझै संसद्मा पेश नगरिएको बताउँदै उहाँले भन्नुभयो, “केही भ्रमको सिर्जना गर्ने सञ्चार माध्यमले चलचित्र हलमा राष्ट्रिय गान बजाउन नपर्ने, बजेमा उठन नपर्ने सन्देश प्रवाह गरेका छन्, । मिडियाले नकारात्मक सन्देश प्रवाह गर्नु राम्रो होइन, मुलुकको राष्ट्र गान बज्दा नउठने मानिस नेपाली हुनै सक्तैन ।” देशको राष्ट्रियतालाई उचाइमा पु¥याउन कलाकार एकताबद्ध हुनुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले सङ्घलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घका अध्यक्ष रवीन्द्र खडका, कलाकार निर शाह, आकाश अधिकारी, कृष्ण मल्ललगायतले चलचित्र ऐनमा कलाकारको हकहित तथा अधिकारलाई समेट्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई