कांग्रेसले राष्ट्रियतामा आघात पुग्ने धेरैै काम गर्‍यो : नेता भीम रावल


नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रियहितलाई सर्वोपरी राखी हरेक नागरिक अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रेस सङ्गठनले सदरमुकाम मङ्गलसैनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले यो बेला अझै राष्ट्रियहित मजबूत हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

नेता रावलले विगतमा नेपाली काङ्ग्रेसले राष्ट्रियतामा आघातपर्ने थुप्रै काम गरेको आरोप लगाउँदै अब त्यस्ता काम निस्तेज गर्दै अघि बढ्नुपर्ने र यसमा आफूले आवाज उठाइरहेको जिकिर गर्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले पार्टी एकताको कामले छिटो पूर्णता पाउनुपर्ने र

यसबाट पार्टी तथा सरकारका कामलाई सही ढङ्गले जनतासमक्ष लैजान सहयोग पुग्ने बताउनुभयो । पार्टी एकता जति ढिलो भयो त्यतिनै कार्यकर्तामा निराशा, पार्टीलाई नोक्सान र सरकारका राम्रा काम जनसमक्ष प्रस्तुत हुन नसक्ने उहाँले धारणा राख्नुभयो । स्थानीय तहदेखि सुशासन तथा पारदर्शीतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेता रावलले भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उखेल्नुपर्ने बताउनुभयो ।

विगतदेखि नै आफूले अपरकर्णाली, पश्चिम सेती विद्युत् आयोजना निर्धारित समयमा सम्पन्न हुनुपर्ने माग राख्दै आएको नेता रावलले बताउनुभयो । उहाँले अपरकर्णाली जलविद्युत् आयोजना दुई÷दुई पटक म्याद थप्दा पनि प्रवद्र्धक कम्पनी जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसकेकाले पटक–पटक राज्यले एउटा कम्पनीसँग परियोजना विकास सम्झौता विपरीत म्याद थप्न नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सर्लाही, कबिलासी नगरपालिका-८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको अभियोगमा उनकै भाइ अमरकान्त

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई