कास्की क्षेत्र नं २ मा वामदेव र रवीन्द्र मिश्र चुनावमा

काठमाडौं : महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्।
मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएकाहुन्। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ। कास्की २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ।
नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ। नेकपाबाट गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बने साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ।
कांग्रेस नेता गुरुङले अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका छन्। याे खबर कान्तिपुर दैनिकमा छ।