प्रम मोदीले भन्नुभयो – “मेरा मित्र ओलीजी, चाँडै भेट्न आउँछु”


भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतीहारी-अमलेखगञ्ज जोड्ने दक्षिण एशिया कै पहिलो “क्रस बोर्डर पेट्रोलियम पाइपलाइन” उदघाटन गर्ने क्रममा चाडै नेपाल भ्रमणमा आउने संकेत गर्नु भएको छ।

काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ दिल्लीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच अन गरेर क्रस बोर्डर पेट्रोलियम पाइप लाइनको उदघाटन गर्नु भयो। दिल्लीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर पाइपलाइन मार्फत तेल पठाउनु भयो भने प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेपछि अमलेखगञ्जमा रहेका आयल निगमका अधिकारीहरुले तेल थापेर पाइपलाइनको उदघाटन भयो।

भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म ६९ किलोमिटर दुरीमा रहेको यो पेट्रोलियम पाइप लाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो, यस मार्फत बार्षिक २० लाख टन तेल आयात गर्न सक्ने सकिनेछ।

पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले भारतीय सहयोगको प्रशंसा गर्नु भयो। प्रधानमन्त्री ओलीको मन्तव्यपछि भारतीय प्रधानमन्त्री मोदीले मन्तव्य दिनुभयो। उहाँले प्रधानमन्त्री ओलीको मुक्तकण्ठले प्रशंसा गर्दै आफ्ना मित्र प्रधानमन्त्री ओलीलाई भेट्न ईच्छुक रहेको बताउँदै चाँडै भेट्न आउने वचनसमेत दिनु भयो।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई