पोर्चुगलमा जिपी कोइराला फाउण्डेशन


प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष पूर्वप्रधानमन्त्र्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जिपी कोइराला फाउण्डेशनको शाखा पोर्चुगलमा गठन गरिएको छ । राजधानी लिस्बनमा आयोजित एक कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका पूर्वउपाध्यक्ष सुशील शर्मा गैरेको संयोजकत्वमा नौ सदस्यीय जिपी कोइराला फाउण्डेशन गठन गरिएको हो । एक सय ६औँ बिपी जयन्तीका अवसरमा पारेर आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नारायण अर्यालले नवगठित समितिको घोषणा गर्नुभएको थियो । समितिको सहसंयोजकमा युवराज पन्थी रहनुभएको छ भने सचिवमा सीता बराल रहनुभएको छ । समितिको सदस्यहरुमा प्रमोद पोखरेल, विष्णु सापकोटा, जीवन सुवेदी, टेक खत्रीलगायत रहनुभएको छ । बाँकी दुई सदस्य पछि मनोनीत गरिने समितिले जनाएको छ । समितिको सल्लाहकारमा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेश गुरुङ र कुबेर कार्की, जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरे, नेपाली काङ्ग्रेस महासमिति सदस्य चीजकुमार तामाङ, महाधिवेशन प्रतिनिधि सुरेन्द्र अम्गाईं र पत्रकार नारायण अर्याल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ,  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई

घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की दिएको अभियोगमा पक्राउ

रौतहट,आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दु:ख हैरानी दिएको अभियोगमा

हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ

रौतहट, घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका-९

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई