नेपाल मलेसिया बिच निर्णायक वार्ता हुँदै; पाउला त रोजगरीको बिषयले निकास ?

श्रम मन्त्रालयका सहसचिव डा। रामप्रसाद घिमिरेको संयोजकत्वमा नेपाली टोलीले मलेसियाको टोलीसंग आज बुधबार रोजगारीको बिषयमा निर्णायक वार्ता गर्दैछ। हिजो मंगलबार मलेसियाको पुत्राजयमा दुई देशका प्रतिनिधी बिच भएको संयुक्त छलफलमा दुवै देशले आआफ्नो देशका सर्तसहित प्रस्तुत हुने गरि सहमति जनाएका थिए।
मलेसियाले नेपाली सुरक्षा गार्ड र घरेलु कामदार लैजान विशेष चासो राख्दै आएको छ भने रोजगारीमा जाँदा लाग्ने स्वास्थ्य परीक्षण, बिमा वापतका खर्चको सम्बन्धमा सहमति हुन सकेको छैन। यस्तै म्यानपावर कम्पनीले पाउने सेवा शुल्क, रोजगारदाताले व्यहोर्ने खर्च लगायतको विषयमा पनि सहमति हुन सकेको छैन।
मलेसिया भने जतिसक्दो छिटो नेपाली कामदार लगेर अन्तर्राष्ट्रिय समुदायमा देखिएको रोजगारी प्रतिको नकारात्मक असर मेटाउन चाहन्छ।
झण्डै १६ महिना देखि रोकिएको रोजगारी खुलाउन दुवै देश सकारात्मक भए पनि दुवै देशले आफ्नो अडानबाट पछि नहटेपनि यस विषय अन्योलमा परेको हो। गत कात्तिक १२ गते दुईदेशबीच श्रम समझदारीमा हस्ताक्षर भएपनि प्रकृयागत बिषयमा दुवै देश सहमत नभए पछि श्रमिक भने रोजगारीमा जान पाएका छैनन्।