नेपाल- पाकिस्तान व्यपार मेला भदौ अन्तिम साता देखि


पाकिस्तानी उत्पादनहरुको प्रदर्शनी ‘पाकिस्तान एन्ड नेपाल फ्रेन्डसिप ट्रेड फेयर–२०१९’ भदौको अन्तिम साता देखि शुरु हुने भएको छ।

उक्त प्रदर्शनी त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड सेन्टरको चौथो तल्लामा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म आयोजना हुनेछ। प्रदर्शनीमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, जुत्ता,चप्पल, नक्कली गर–गहना लगायत सामग्री उपलब्ध हुने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ।

काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ। प्रदर्शनीमा यसपटक नेपाल, भारत र बंगलादेशबाट पनि प्रतिष्ठित उद्योगका उत्पादनहरु समेटिएका स्टल राखिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई