जव पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिर्नुभयो


भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिर्नुभएको छ । हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहनुभएको सांसद बस्नेत औषधिसहितको गन बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली वास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित गएर डेङ्गु प्रकोप नियन्त्रणमा सक्रिय हुनुभयो । उहाँले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेङ्गु नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, आजसम्ममा भक्तपुरमा ९९ सय जना बिरामीमा डेङ्गु फेला परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस  
२०७९ असार १२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् । वृष– प्रेममा खुसियाली बढ्नेछ । रमाइलो यात्राको

गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई