नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले – छोरीलाई समानता माग्न नसिकाउँ, परिवार विघटन हुन्छ भनेपछी सामाजिक सन्जालमा व्यापक आलोचना

संसदको राज्य व्यवस्था समितिमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले – छोरीलाई समानता माग्न नसिकाउँ, परिवार भाँडिन्छ भनेपछी सामाजिक सन्जालमा व्यापक आलोचना भएको छ ।
‘महिला पुरुषमाको समानताको कुरा आयो। हामी माइतीवालाले चेलीबेटीलाई जुन घरमा बिहे गरेर पठाउँछौं। श्रीमानलाई सासु-ससुरालाई यसरी सेवा गर्नू भन्छौं। जुन संस्कारमा छौं त्यहाँ समानताको नाउँमा ए छोरी त्यहाँ जानेबित्तिकै पहिले आफ्नो समान हक खोज्नु, तिमीले भूजा पकाउँछ्यौ भने श्रीमानलाई भाँडा माझ्न लगाउनु भन्दैनौं,’ वहाँले भन्नुभयो ‘मिलेर बराबर काम गर्नु, गएर पहिले आफ्नो हकहिस्सा माग्नु भनेर सिकायो भने कुनै पनि परिवार सुखमा रहन्न, सबै विघटन हुन्छ।’
‘परिवारको आफ्नै परम्परादेखि आएको सोचाइविचारले बुहारीलाई कसरी म्यानेज गर्ने भन्ने कुरा हो। यसलाई कानुनले बाँधेर बाँध्न सकिन्न। जहिले पनि छोरी पक्षवालाको हात तल हुन्छ। समानताको हक माग्ने, समान रूपमा लड्ने भन्ने कुरा परिवार बाहिर समाजमा जायज हो। तर परिवारभित्र आफ्नो संस्कार संस्कृति व्यवहार आचरणले बाँध्ने हो।’ भन्नुभएको थियो ।
हेर्नुस् सामाजिक सन्जालमा व्यक्त भएको विचार

