पूर्वडीआईजी र पूर्वमेजर सहित दुई दर्जन व्यक्ति पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने इन्द्रजात्राको कार्यक्रमस्थलबाट पूर्वडीआईजी र पूर्वमेजरसहित दुई दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर जानुअघि सो क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै पूर्वडीआईजी र पूर्वमेजरसहित दुई दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ । भने अहिले वसन्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।