प्रतिगामी तत्वहरु पार्टी र सरकार विरुद्धमा उठिरहेको छन,प्रतिगामी तत्वविरुद्ध भण्डाफोर गरौ : महासचिव पौडेल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको एकतापछि पार्टी एकढिक्का भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, बिदाइ तथा स्वागत कार्यक्रममा महासचिव पौडेलले आगामी दिनमा नेकपामा कुनै गुट र उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गुटका कारण पार्टीलाई क्षति पुग्ने भन्दै विगतका पाना हेर्नेभन्दा पनि वर्तमान र भविष्यलाई हेरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव पौडेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको हितमा रही ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थकतामा पु¥याउन अहोरात्र खटिरहेको बताउनुभयो ।

उहाँले सरकारले मात्र देशलाई विकसित तथा परिस्कृत बनाउन नसक्ने हुँदा सरकारी, गैरसरकारी सङ्घसंस्था तथा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

पार्टी एकतामा केही ढिलाइ भएका कारण देशभित्र तथा बाहिरका प्रतिगामी तत्वहरु पार्टी तथा सरकारको विरुद्धमा उठिरहेको बताउँदै उहाँले युवा विद्यार्थीले उक्त प्रतिगामी तत्वहरुको विरुद्धमा भण्डाफोर गरी सरकारले गरेका राम्रा कामहरु जनतामाझ पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सङ्घका इञ्चार्ज महेश बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताउनुभयो । युवा सङ्गठन नै गतिशील सङ्गठन भएकाले युवा सिर्जनशील, खोजमूलक तथा लगनशील हुनुपर्दछ भन्नुभयो ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने मुख्य जिम्मा युवामा रहेको बताउँदै युवा सङ्घले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न जस्तोसुकै मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि युवा बेरोजगारी हुनु नहुने बताउँदै रोजगारी बिनाको युवा सङ्घको नेता तथा कार्यकर्ता हुन नसक्ने समेत उद्घोष गर्दै हरेक युवा उत्पादनसँग जोडिनुपर्दछ भन्नुभयो ।

तत्कालीन युवा सङ्घ नेपालका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले दुई सङ्गठन एकता भइसकेपछि विगतका इतिहास पल्टाएर हेरी अघि बढ्नेभन्दा पनि भविष्यको पाना निर्धारण गर्ने गरी युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । उहाँले कतिपय युवामा हुने उत्तेजना सिर्जनात्मक कार्यमा कमजोर बनाउने भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रहसमेत गर्नुभयो ।

त्यस्तै साविक वाइसिएल नेपालका इञ्चार्ज मणि थापाले विश्व कम्युनिष्ट इतिहासमा भई आएका घटनाबाट नेपालले राम्रा कुरालाई आत्मसात् गर्दै नराम्रा कुराहरुलाई परिवर्तन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई शिखरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घका संयोजक अमृता थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष ऐन महरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सङ्घका संयोजक रामप्रसाद सापकोटा तथा सहसंयोजक रमेश पौडेलले आगामी दिनमा युवालाई गोलबन्द गरी एकताबद्ध रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुले आगामी असोज ९ गतेसम्ममा एकताका सम्पूर्ण काम सम्पन्न गरी केन्द्रीय कमिटीको बैठक राख्ने, तिहारसम्ममा सङ्घको विशाल राष्ट्रिय कार्यकर्ता भेला राख्ने, सदस्यता प्राप्त गरेका कुनै पनि नेता कार्यकर्ताले अनिवार्यरुपमा सदस्यता लिएको तीन महीनाभित्रमा रोजगारीमा जोडिनुपर्नेलगायतका निर्णय सार्वजनिक गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई