देशव्यापी अभियान सन्चालन गर्दै नेकपा


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी थालेको छ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अब अभियान थाल्ने बताइएको छ । दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी रहेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकता प्रक्रियाका केही काम बाँकी छ, त्यो पूरा हुनेबित्तिकै पार्टी विशेष अभियानमा जान्छ । ”
नेकपाले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कमिटीलाई सर्कुलर पनि पठाइसकेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ १३ गते सो सर्कुलर पठाउनु भएको हो । सर्कुलरको आधारमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई