नागरिकताकाे सम्बन्धमा कांग्रेसले ७ बर्षे सिमा नमान्ने
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई नागरिकता दिन ७ वर्षको सीमा राख्ने प्रस्तावलाई अस्विकार गर्ने भएकाे छ।
नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति छलफल भइरहेकाे छ। समितिकाे छलफलमा वैवाहिक अंगीकृत नागरिकताबारे फरक फरक धारणा आएका छन। नेपाली कांग्रेसकाे २०६३ काे नागरिकता सम्बन्धि कानुनलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष रहेकाे छ।
नागरिकता ऐन २०६३ मा वैवाहिक अंगीकृत नागरिकता लिन विदेशी नागरिकता त्याग्नैै पर्ने वाध्यात्मक व्यवस्था गरेकाे छैन, विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गरेका अवस्थामा नेपाली नागरिकता पाउने व्यवस्था छ । उक्त कानुनमा “नागरिकता त्याग्ने कारबाही चलाएकाे निस्सा” काे परिभाषा उल्लेख छैन।