दशैं बिदा काटियो

काठमाडौं। आजदेखी सोह्र श्राद्ध आरम्भ हुँदैछ । सोह्र श्राद्ध १६ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १६ दिन बाँकी छ । सबैलाई दशैंले छाेइसकेको छ । विभिन्न कार्यालयमा कर्मचारीले दशैंको योजनाबारे छलफल गर्न थालिसकेका छन् ।

दशैंको बिदा विगतको तुलनामा कटौती भएको छ । सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय ८ दिन बिदा दिइन्थ्यो । तर अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ ।
#दशैं