मन्त्री भट्टराईमाथि विमानभित्रै ज्ञानेन्द्र शाही नेतृत्वमा भएको दुर्व्यबहारको सामाजिक सन्जालमा व्यापक बिरोध


नेपालगञ्ज, २९ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि हिजो नेपालगञ्ज विमानस्थलमा विमानभित्रै ज्ञानेन्द्र शाहीको नेतृत्वका ३/४ जनाको एक समूहले गरेको गालीगलौज गरेको सामाजिक सन्जालमा व्यापक बिरोध भएको छ ।

ज्ञानेन्द्र शाहीहरुले मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दै ‘मन्त्रीलाई राम धुलाई’ गरेको भन्दै प्रचार गरेका थिए । तर, मन्त्री भट्टराईले आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको भन्दै यात्रुलाई असुविधाप्रति क्षमायाचना गरेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई अपशब्द प्रयोग गर्दै भिडियो खिचेको हो ।

के भएको थियो ?
मन्त्रीका भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार मन्त्री भट्टराई शनिबार डलफिन महोत्सव कार्यक्रमका लागि कैलालीको टिकापुर पुगेका थिए । मन्त्री भट्टराईको शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका थियो । तर, कैलालीको टिकापुरमा कार्यक्रम ढिलो भएपछि धनगढीको अन्तिम उडानबाट फर्किन सम्भव भएन ।

आज प्रतिनिधिसभामा मन्त्रालयको बारेमा संसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेको कारण मन्त्रीलाई हिजो शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाब थियो । त्यही कारण मन्त्री बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन धनगढीबाट नेपालगञ्ज जानुभएको थियो । करिब ६ : ३५ मा यात्रुहरुको बोर्डिङ्ग भएको थियो । यात्रुहरुभन्दा १५ मिनेट ढिला गरी करिब ६ :५० तिर मन्त्री विमानस्थल पुगेका थिए ।

‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरूले हामीलाई त्यही सूचना दिएका थिए। मन्त्रीज्यूले हामीलाई जहाज छुटे होटलमै बसौंला भनिरहनुभएको थियो। हामी विमानस्थल पुग्दा ६:५० भएको थियो। त्यसपछि जहाज उडेको हो,’ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।

नेपालगञ्ज विमानस्थल पुग्ने बित्तिकै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको तीन चार जनाको समूहले तिव्र हो–हल्ला गरेका थिए । त्यो टोली मध्येका एकजनाले ‘पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै अपशब्द प्रयोग गरेका थिए । उनीहरुले विमानमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौती समेत दिएका थिए ।

यात्रुहरुका अनुसार ज्ञानेन्द्र शाही लगायत उनका समुहले ‘हामी त्यसै छोड्दैनौं’ भन्दै अपशब्द प्रयोग गरेका थिए । ज्ञानेन्द्र शाही लगायतका समूह पनि त्यही विमानबाट काठमाडौं फर्किन्दै थिए । मन्त्रीले विमानमा शाहीको उत्तेजित समूहलाई कुनै उत्तर दिएनन् । गाली गलौज गरीरहदा समेत हाँसेरै हाँसेर बसेका थिए । प्रहरीका अनुसार शाहीकै एक जना सहयोगीले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ।

शाहीको समूह नेपालगञ्जमा एक बिरोधसभा गर्न पुगेका थिए । त्यो सभामा पनि शाहीले सरकार र गणतन्त्रको तिव्र बिरोध गरेका थिए । विमानमा समेत ज्ञानेन्द्र शाहीले मन्त्रीलाई दुव्र्यवहारका लागि अन्य यात्रुहरुलाई समेत हौसाएका थिए ।

यसलाई लिएर सामाजिक सन्जालमा व्यापक बिरोध भएको छ

कमला केसी फेसबुकमा लेख्नुहुन्छ ” मन्त्री ज्यु कार्यक्रम बाट फर्कदा 10/15 मिनेट ढिलो भयो यो सहि हो यसमा यात्रुमा पर्न गएको असुविधा प्रती क्षमाप्राती छौ तर यो ज्ञानेन्द्र शाही भन्ने ब्यक्ती को हो? त्यस्लाइ जथाभाबी उग्र भएर बोल्ने अधिकार कसले दियो?कुनै काम नगरी सुबिधा सम्मपन्न होटेलमा बस्ने,प्लेनमा आवत-जावत गर्ने यस्को स्रोत के?यो कहाँ बाट परिचालित छ तत्काल खोजी गर्नु पर्छ।यसको उग्रताले सिमा नाघ्दै छ।कानुनी राज्यको धज्जी उडाउदै छ यसले।”

तिर्थ भट्टराई फेसबुकमा लेख्नुहुन्छ ” देशले आशा गरेको मन्त्री बिरुद्द चिहानको हड्डि खाएर हिड्नेहरुले आज गरेको दुव्र्यवहार खेदजनक छ,यस्तो दुव्र्यवहार मन्त्री बिरुद्द मात्र नभै सबै गणतन्त्रका अनुयायी नेपाली जनताप्रती हो भन्ने हाम्रो बुझाइ छ,त्यसैले देशको मन्त्री बिरुद्द अनावश्यक रुपमा अपशब्द बोली दुव्र्यवहार गर्ने ज्ञानेन्द्र शाही बिरुद्द काठमाडौ प्रहरिमा रिपोर्ट गर्दा कस्तो होला??सुझाब पाउ।यस्ता दलालहरुको ज्याजती बिरुद्द अब अरिङ्गालहरु जाग्नै पर्दछ।।

रविन प्यासी लेख्नुहुन्छ ” पर्यटन मन्त्री याेगेश भट्टराईलाई टीकापुरकाे कार्यक्रम सकिय पछि फर्किने क्रममा नेपालगञ्ज विमानस्थलमा प्लेन भित्र दुई/चार जना राजावादीहरुले गरेकाे दुर्व्यवहार निन्दनिय छ ।ज्ञानेन्द्र शाही र बालकृष्ण न्याैपाने लगायताका २/४ जनाले प्रविण गुरुङकाे हत्या बिरुद्द तत्कालिन शाहाज्यादा पारस शाहका बिरुद्द गरेकाे हस्ताक्षर संकलन विर्सियका छैनाै भन्दै याेगेश भट्टराईलाई दुर्व्यवहार गर्दा याेगेश भट्टराई युवा अान्दाेलनकाे एक हिस्सा हाे भन्ने नबिर्सन समेत हामी चेतावनी दिन चाहान्छाै ।

निर्मला ढकाल ट्वेटरमा लेख्नुहुन्छ ” नेपालीलाई गोकर्ण बिष्ट, गगन थापा, योगेश भट्टराई जस्ता नेताको खाचो छैन, हाम्रो हैसिएत अनुसार त ज्ञानेन्द्र शाही, रमेश प्रसाई, रबि लामिछाने नै सहि व्यक्तित्व हुन, जस्ले ठामको ठाम नेपाललाई ”switzerland” बनाइदिन्छन् चुट्की भरमा

बिनोद लेख्नुहुन्छ ” वाम गठबन्धनले चुनाव जितेको कति दिनसम्म राप्रपा र कांग्रेसले राष्ट्रिय सभाका नाममा हलो अड्कायो ? त्यो कति घन्टा थियो, प्लेन होइन मुलुक ? हिसाब गर्नुस् । आङको भैसी नि हेर्ने गर्नुस् ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई