भक्तपुरको जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो


गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभयो । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि म¥यो । जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यस वर्ष फेरि यो जात्रा रोकिएको छ । जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेगु जात्रा व्यव्स्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो । २५ वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२, २०५७ र २०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाउनुभएको थियो । त्यसपछि गत वर्ष स्थानीय युवाले समिति नै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि विसं २०७४ मा बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले र विसं २०७५ मा थिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गर्नुभएको थियो । मध्यपुरथिमि नगरपालिकाको रु तीन लाख ५० हजार सहयोग र नपुग रकम स्थानीयवासी चन्दादाताबाट सङ्कलन गरी गत वर्ष सञ्चालन भएको यो जात्रा यस वर्षबाट भने फेरि अनिश्चित बनेको छ । –––

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई