अभद्र व्यवहारसम्बन्धी कसुरमा ज्ञान बहादुर उर्फ ज्ञनेन्द्र शाही फेरी पक्राउ, आरोप प्रमाणीत भए १० देखि २० बर्षसम्म कैद हुनसक्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले ज्ञान बहादुर उर्फ ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको छ।
आइतबार साँझ ललितपुर प्रहरीले शाहीलाई पक्राउ गरी हिरासतमा राखेको हो।
पक्राउ परेका शाहीले ‘गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५’ को ९(क) १ को (घ) अर्थात हवाई उडान सुरक्षा बिरुद्धकाे अपराध गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने प्रहरीले तयारी गरेको स्रोतको दावी छ। उक्त मुद्दामा आराेप प्रमाणित भए १० देखि २० बर्षसम्म कैद र कसुरदारको सम्पुर्ण सम्पत्ति जफत हुने कानुनी ब्यबस्था छ ।