भाँडिएकै हो त समाजवादी-राजपा एकता ?


काठमाडौ: राजपा र समाजवादी नेपाल पार्टी एकताको मुद्दा अहिले सेलाएको छ । राजपाका अध्यक्ष मण्डलका दुई सदस्य पार्टी एकताको पक्षमा बढी नै खुलेका छन् । र , उनीहरू सकेसम्म छिटो एकता चाहिरहेका छन् ।

शरतसिंह भण्डारी र राजेन्द्र महतो अध्यक्ष मण्डलका दुई सदस्य बढी सक्रिय भएर लागेको श्रोत बताउछ । त्यसमा महन्थ ठाकुरको मौन समर्थन रहेको बताइन्छ । एकतामा महेन्द्र राय यादव पनि विमति राखिरहेका छैनन । तर, समाजवादी पार्टी एकताको विपक्षमा भएको सन्देश नदिई असहमत देखिएको राजपा श्रोत बताउछ । खासमा, राजपाका नेताहरूको व्यवस्थापनमा समस्या देखिने बुझेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव असहमत देखिएका हुन् । समाजवादीनिकट नेताहरूको भनाइमा अध्यक्ष मण्डलमा ६ जनालाई समेट्न सकिदैन । त्यसमा राजेन्द्र महतो र महन्थ ठाकुरलाई सम्बोधन गर्न सकिए पनि हिजो उपेन्द्र यादवको मातहमा बसेको शरतसिंह भण्डारी, राजकिशोर यादवलाई अध्यक्ष मण्डलमा स्वीकार्न समाजवादीका धेरै नेता सहमत नरहेको श्रोतको दावी छ। राजपाभित्र पनि अनिल झा र राजेन्द्र महतोविच कहिल्यै कुरा मिल्दैन । उनीहरू पुरानो सद्भावना पार्टीदेखि नै झगडामा रमाउने गरेका थिए र पार्टी नै विभाजन गरेका थिए । तर, पछि अनिल झाले पार्टी चलाउन नसकेपछि राजपामा अन्तिम समयमा आएका हुन् । यता, राजेन्द्र महतो र उपेन्द्र यादवको मत पनि मिल्दैन ।

मधेश आन्दोलनका क्रममा दुई जनाको तिक्ततापूर्ण सम्बन्ध थियो । २०७२ सालमा राजेन्द्र महतो वीरगञ्ज क्षेत्रमा बसेर रक्सौलको भातभान्सा परिचालन गरेर नाका बन्द गराउनमा सक्रिय थिए । आन्दोलनभरको लामो समय महतो तराईमै बसे । तर, उपेन्द्र यादव त्यस अवधिमा काठमाडौंमा थिए । यादवको जिम्मा विराटनगर नाका बन्द गर्ने थियो । तर, त्यो नाका बन्द भएन । त्यही आक्रोशमा महतोले विराटनगर पुगेर नाका बन्द गराउने प्रयास गरेका थिए । त्यसपछि उनीमाथि प्रहरीले लाठीचार्ज गर्यो र भारतमा उपचारका लागि पठाईयो । यो तिक्ततापूर्ण सम्बन्ध व्यवहारमा मात्र होइन बोलेर पनि देखिएको थियो । त्यतिबेला मधेश मोर्चालाई महागठबन्धनको प्रस्ताव गरेर महतो एउटा धारको नेतत्व गरिरहेका थिए भने संघीय गठनबन्धन बनाएर यादवले अको धारको नेतृत्व गरेका थिए । त्यतिबेला दुईजनाबिचको सम्बन्धका कारणले आन्दोलन नै प्रभावित भएको थियो र मधेशका कतिपय मुद्दामा पनि उनीहरूबिच विमति रहेको श्रोत बताउछ । त्यसकारणले अहिले नै पार्टी एकता हुन्छ भन्न सकिने अवस्था छैन भन्छ श्रोतले ।

त्यस्तो अवस्थामा राजपाको एउटा समूह एकतामा नआउन सक्छ । महतो र यादवविच सहमति जुटेको अवस्थामा पनि राजकिशोर यादव र अनिल झा एकतामा सहभागी नहुन सक्छन् । राजपाका एक नेताको भनाइमा राजेन्द्र महतो र उपेन्द्र यादव दुबैसंग सम्बन्ध सुमधुर नभएको अवस्थामा झा र राजकिशोर एकता भइहाले पनि नआउन सक्छन् । (साँघु साप्ताहिकबाट साभार)

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई