अर्थमन्त्रीको अभिव्यक्तिले शेयर बजारमा उछाल

अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा प्रवेश गर्ने अहिले उपयुक्त समय भएको भन्ने सकारात्मक अभिब्यक्तिले शेयर बजारमा उछाल आएको छ ।
खतिवडाले मंगलबार शेयर बजारमा लगानी बढाउनुपर्ने धारणा राखेपछि शेयर बजारमा उछाल देखिएको हो ।

लगातार घटिरहेको शेयर बजारमा मंगलबार एकाएक नयाँ तरङ देखिएको छ । मंगलबार बजार खुलेदेखि नै लगातार बढेको नेप्से १ बजेर ५० मिनेट जादासम्म २६ अंकले बढेको छ । सोमबार ११२३ विन्दुमा झरेको नेप्से सूचक बढेर ११४९ बिन्दुमा पुगेको हो ।
१ बजेर ५६ मिनेट जाँदा १६४ वटा कम्पनीको २३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।