दोहोरो चरित्रमा नेपाली कांग्रेस, संविधान दिवसलाई कालो दिन भन्नेलाई साथ दिदैं; संविधानको संरक्षणमा एक्लो नेकपा


संविधान जारी हुँदा २०७२ साल असोज ३ गते सरकारको नेतृत्व गरेको आधारमा आफ्नो नेतृत्वमा संविधान जारी भएको दाबी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गर्दै आएको छ र आफ्नो नेतृत्वमा जारी भएको संविधानको संरक्षण गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको पनि नेपाली कांग्रेसको तर्फबाट यो पार्टीका नेताहरूले भन्ने गरेका छन् । तर, संविधानप्रति नै असन्तुष्ट रहेर संविधान दिवसलाई कालो दिवस मनाउँदै आएको र यो बर्षको संविधान दिवसलाई पनि कालो दिवसको रुपमा मनाउने निर्णयमा पुगेको राष्ट्रिय जनता पार्टीसँग आफ्नो नेतृत्वमा संविधान जारी भएको दाबी गर्ने र यो संविधानको संरक्षण गर्ने दायित्व रहेको भन्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधानकै विरुद्ध सहकार्य गरिराखेको छ ।

केही समय अगाडि राजपाको पछाडि लागेर प्रमुख प्रतिपक्ष नेपाली कांगे्रसले संसद बैठकसमेत अवरुद्ध पारेको थियो । यदि राजपाले अगाडि सारेका मागहरू उचित र सम्बोधन हुनुपर्ने भए नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा संविधान जारी गर्दा नै राजापका मागहरूलाई किन नसमेटेको र सम्बोधन नगरेको भन्ने प्रश्न अहिले जन्मिन पुगेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संविधानलाई कमजोर बनाउनकै निम्ति संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने राजपासँग सहकार्य गरेको भन्ने आरोप खेप्दै आएको छ । 

२०६२-६३ सालको राजनीतिक परिवर्तन र २०७२ साल असोज ३ गते जारी भएको वर्तमान संविधानको एउटा ठूलो उपलब्धि धर्मनिरपेक्षतालाई पनि मानिन्छ । तर, केही समययताबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा धर्म निरपेक्षतालाई किनारा लगाउँदै नियोजितरुपमा सनातन हिन्दू राष्ट्रको वकालत गरेर वर्तमान संविधानलाई कमजोर बनाउने काम भइराखेको छ र यो कामको नेतृत्व नेपाली कांग्रेसमा निर्वाचित महामन्त्री शशांक कोइरालाले गरिराखेका छन् । गणतन्त्रको पक्षमा चर्काे वकालत गर्दै राजतन्त्र फर्किनै नसक्ने अडान राख्ने गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि धर्मका सम्बन्धमा केही बोलेका छैनन् र अहिले नेपाली कांग्रेसको एउटा कित्ताले सनातन हिन्दू राष्ट्रलाई अगाडि सारेर संविधानमाथि प्रहार गर्ने काम गरिराखेको छ । 

संविधानको संरक्षणमा एक्लो नेकपा
संविधानसभाको प्रचण्ड बहुमतबाट जारी भएको संविधानका संरक्षणका सम्बन्धमा अहिले नेपाल कम्युनिष्ट पार्टी एक्लो पर्न थालेको देखिन्छ । संघीय सरकारको घटक समाजवादी पार्टीको पूर्ण समर्थन रहेको छैन । यसैगरी आफ्नो नेतृत्वमा वर्तमान संविधान जारी भएको दाबी गर्ने नेपाली कांग्रेस पनि संविधान संशोधन हुनुपर्छ भनिराखेको छ भने नेपाली कांग्रेसमा सनातन हिन्दू राष्ट्रको एजेन्डाले प्रमुखता पाउन थालेको छ । यसैगरी दुई नम्बर प्रदेश सरकारको घटक दल राष्ट्रिय जनता पार्टीले त घोषणा गरेर नै संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउँदै आएको छ र यही असोज ३ गते मनाउने संविधान दिवसलाई पनि कालो दिवसको रुपमा मनाउने निर्णय राजपाले गरिसकेको छ । (साँघु साप्ताहिकबाट साभार)

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई