साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली घोषणा (सुचि सहित)


नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने छनोटबाट बाहिरिएका छन् । छनोट भएका खेलाडीमा यस प्रकार छन।

गोलरक्षक- विशाल सुनार, सूर्य अधिकारी र पुजन होना

डिफेन्डर- विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा र एन्जल महर्जन

मिडफिल्डर – शिशिर लेखी, रोशन रानामगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कौशल फुयाँल र नितिन थापा

स्ट्राइकर -ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान छन् । त्यस्तै अर्को समूहमा बङ्गलादेश, भारत र श्रीलङ्का छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । आगामी असोज ३ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एफिएफ) मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई