संविधान दिवसका अवसरमा असोज २ गते सरकारी अस्पतालमा ओपीडी सेवा नि:शुल्क
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको अवसरमा असोज २ गते बिहीबार देशैभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क दिने निर्णय गरेको छ ।
मन्त्रालयले जारी गरेको सुचनाका अनुसार असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतापूर्वक मनाउने क्रममा संघीय अस्पताल तथा स्वास्थ्य संस्थालाई टिकट निःशुल्क उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।