पारित भयो राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक


राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सो विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो । यसअघि उहाँले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । गृहमन्त्री थापाले विधेयकको संशोधन प्रस्तावमाथि सांसदले राखेको जिज्ञासामाथि जवाफ दिँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक व्यापक छलफल र परामर्श गरी ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले संशोधन प्रस्तावमाथिका केही बुँदालाई विधेयकले ग्रहण गर्ने जानकारीसमेत दिनुभयो ।

यसअघि सो विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद ठगेन्द्रप्रकाश पुरी र रामप्रीत पासवानले विधेयकलाई अझ समृद्ध बनाउन संशोधन आवश्यक रहेको बताउनुभयो । चार बुँदामा १३ जना सांसदले सो विधेयकमाथि संशोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई