सवारीसाधन दुर्घटनामा परेर १३ जनाको मृत्यु


मोरङमा दुई महीनायता सवारीसाधन दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा ५८ सवारीसाधन दुर्घटना भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई महीनाको अवधिमा नौ हजार ३३ सवारीसाधनका चालकलाई कारवाही गरिएको छ ।

कारवाहीमा पर्नेमा बस, कार, ट्र्याक्टर, सिटी सफारी, मोटरसाइकललगायत साधनका चालक रहेका छन् । नियम विपरीत सवारीसाधन चलाउने चालकलाई कारवाही गर्ने क्रममा उनीहरुबाट रु ५३ लाख १० हजार राजश्व सङ्कलन गरिएको छ ।

घटनाको प्रकृति हेरेर चालकबाट रु पाँच सयदेखि रु एक हजार ५०० सम्म जरिवाना असुल गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई