चुनावी अभियानलाई लक्षित गरी गराइएको विस्फोटमा २४ को मृत्यु


अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने लक्षका साथ गराइएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार स्थानीय अस्पताल स्रोतले पारवान प्रान्तको मध्यभागमा भएको घटनामा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका पुष्टि गरेको छ ।

पारवान अस्पतालका निर्देशक डा अब्दुल कासिम साङ्गीनले एएफपीसँग भन्नुभयो, “राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको विस्फोटमा मर्ने तथा घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन् ।” विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहनुभएको थियो ।

मोटरसाइकलमा आएको एक व्यक्तिले राष्ट्रपतीय निर्वाचनका लागि घानी सहभागी चुनावी ¥यालीले प्रयोग गर्ने बाटोमा सुरक्षार्थ बनाइएको पहिलो सुरक्षा परीक्षण केन्द्रमा विस्फोट गराएको थियो ।

काबुलको मध्यभागमा पनि आजै भएको अर्को एक विस्फोटमा पनि केही व्यक्ति सख्त घाइते भएको जनाइएको छ । यसबारे थप जानकारी आउन केही समय लाग्ने अफगानी गृहमन्त्रीले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई