वायु सेवा निगमको सुधारका लागि गठित कार्यदलले प्रतिवेदन पेश गर्दै
नेपाल वायु सेवा निगमको सुधारका लागि गठित कार्यदलले अध्यायन प्रतिवेदन आज असोज १ गते बुझाउने भएकोछ। उक्त कुराको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई ट्विट मार्फत दिनु भएको छ।
नेपाल वायु सेवा निगमको आर्थिक अवस्था नाजुक भए पछि नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भट्टराईले नेवानीको सुधारका लागि आवश्यक सुझाव पेश गर्न कार्यदलको गठन गर्नु भएको थियो।