नेपालले ओमानलाई २३० रनको चुनौती दियो


काठडमाडौँ, ३ वैशाख (रासस) : उन्नाइस वर्षमुनिको आइसिसी (यु १९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार ग¥यो । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे । बलिङतर्फ ओमानका मुजाहिर राजा, सञ्जय रवीन्द्र, जिल तन्ना र अजम अलीले दुई÷दुई विकेट झारे । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा युएइसँग एक रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले हराएको थियो भने नेपाललाई विश्वकप प्रतियोगितामा छनोट हुनाका लागि पनि ओमनलाई हराउनै पर्ने बाध्यता छ । सन् २००७ को एसीसी एलाइट कप यू–१९ क्रिकेटमा नेपालले ओमानलाई आठ विकेटले हराएको थियो । मलेसिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई