सामाजिक सञ्जालले यसरी गर्दैछ समाजको शिकार
केहि व्यक्तीको समाजिक सञ्जालमा भाइरल हुने आंकाक्षाले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ। यसले समाजमा मास फ्रस्टेशन निम्त्याउने आशंका पैदा भएको ।
समाजिक सञ्जालको दुरुपयोगको पछिल्लो नमुना हो इन्द्रजात्रा व्यवस्थापनमा देखिएको समस्या ।यसले गर्दा राष्ट्रपति न पूर्वनिर्धारित समयमा बसन्तपुर पुग्न सक्नुभयो, तोकिएको समयमै फर्किन पाउनुभयो । कारण हो, जात्राको अवसरमा बितण्डा मच्चाउन चाहने एउटा समूह र त्यसलाई प्रतिकार गर्ने नाममा तयार भएको अर्को समूहबीचको विवाद । यसरी अवरोध र प्रतिकार, दुवै कुरालाई प्रश्रय दिनेचाहिँ सामाजिक सञ्जाल नै हुन् । प्रहरीले त्यहाँबाट विरोधका लागि
प्रयोग गरिने कालो भेष्टसहित छेउमै रहेका पेन्सन होल्डर पूर्वडिआइजी विजय भट्टसहितका व्यक्तिलाई नियन्त्रणमा लियो । भट्ट चिनियाँ विदेशमन्त्री नेपाल आउँदा विरोधमा तिलगंगामा कोणसभा गर्दै थिए भने इन्द्रजात्राको दिन पूर्वमेजर केशव बस्नेतसँगै राजा आऊ देश बचाऊ भन्दै गणतन्त्रविरुद्ध भूगोलपार्कमा भखरै भाषण गरिभ्याएका थिए । विरोध गर्ने र साँस्कृतिक परम्पराअनुसार मनाउन चाहने समूहबीचको विवाद राष्ट्रपति पुगिसक्दा पनि समाधान भएको थिएन । बरु, दुवै पक्षले आ -आफ्ना समर्थकलाई सामाजिक सञ्जालमार्फत उत्तेजित
बनाउने काम भइरह्यो । फलतः राष्ट्रपति ४ बजेको निर्धारित समयभन्दा केही पछि आफ्नै गाडीमा भित्रसम्मै पुग्नुभयो । तर , उहाँको सुरक्षार्थ परिचालित कार केडसहितका सवारी भने सर्वसाधारणको हुलमा परेर बाहिरै रहे । प्रहरी र सशस्त्रको सुरक्षा त थियो । तर , मर्यादा र अनुशासनमा रहन बिर्साएको सामाजिक सञ्जालकै प्रभावस्वरुप सम्माननीय राष्ट्रपति पुग्दा पनि भीड हल्ला गर्दै थियो ।
पहिला- पहिला राजा रहेका बेला जनता अनुशासित थिए । असन्तुष्टि भए पनि त्यस्ता साँस्कृतिक पर्वमा व्यक्त गर्दैन थिए । र, बाटो छाडिदिन्थे तर, अहिलेको जमानै फरक । कुमारी, भैरव, गणेशको रथ तान्ने भीड, टोलटोलको झगडा, कसैले कसैलाई पालो नछाडिदिने अहम् त्यहाँ प्रकट भयो । प्रशासनले पनि अघिल्लै दिन टोलका प्रमुख, गुठीका प्रतिनिधिसँग समन्वय र छलफल गरेको भए शायद यो अवस्था नआउन पनि सक्थ्यो । (जनआस्था साप्ताहिकबाट साभार)