लोकतान्त्रीक व्यवस्थाको रक्षा जनताले नै गर्ने छन : मन्त्री बाँस्कोटा


सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधानले जनताका सुरक्षा, सम्मान र सामाजिक न्यायलाई सुनिश्चित गरेको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपाल मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले परिवर्तनका लागि जोखिमपूर्ण यात्राबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुको विकल्प छैन भन्नुभयो ।

मन्त्री बाँस्कोटाले संविधानलाई कार्यान्वयनमा ल्याउन जनता बढी जागरुक हुुनुपर्ने भन्दै विभिन्न जातजाति, भाषा, संस्कृतिका भन्दा सबैका साझा पर्व संविधान दिवस हो भन्नुभयो ।

उहाँले नेपाली जनताका भविष्य र सपनालाई अुनबन्धित एवं सुनिश्चित गरेको यो संविधान दिवसले देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायलाई स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संविधान दिवस २०७६ विशेष रुपमा मनाउन सरकारबाट आह्वान भइसकेको चर्चा गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रलाई सबलीकरण गर्ने सञ्चारमाध्यम सधैँ जागरुक हुनुपर्ने बताउनुभयो ।

वर्तमान प्रणालीलाई बलियो बनाई आर्थिक र सामाजिक रुपान्तरणमा गति दिन सबैलाई आग्रह गर्दै मन्त्री बाँस्कोटाले संविधान कुनै दल विशेषको मात्र नभएर सबैको हो स्पष्ट पार्नुभयो ।

उहाँले नागरिक गुनासोलाई स्वाभाविक रुपमा लिएको चर्चा गर्दै सरकार मन परेन भने व्यवस्थालाई कमजोर पार्ने काम सह्य नहुने बताउनुभयो ।

सामन्ती व्यवस्थालाई पराजित गरेर स्थापना गरिएको यो व्यवस्थाको रक्षा जनताले नै गर्ने धारणा राख्दै मन्त्री बाँस्कोटाले सरकार दिगो विकासका लागि योजनाबद्ध भएर अघि बढिरहेको छ भन्नुभयो ।

उहाँले रोजगारी सिर्जना गर्न उत्पादन बढाउनुपर्ने भन्दै सुदृढ अर्थतन्त्रको जग बसाल्न वर्तमान सरकारले शुरु गरिसकेको विचार व्यक्त गर्नुभयो ।

उहाँले विगतको भन्दा अहिले निर्यात बढेको दावी गर्दै सरकार सबै राष्ट्रसँगको सम्बन्धलाई सुदृढ र विकसित गरेको छ भन्नुभयो ।

अहिले मुलुकमा समृद्धिको यात्रालाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गर्नुभएको स्मरण गराउँदै एक वर्षमा एक हजार मेघावाट बिजुली वृद्धि भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई