एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पु¥याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष थापाले देशमा ठूलाठूला भ्रष्टाचार काण्डलाई संसद्ले छानबिन गर्न सक्ने बताउँदै कार्यपालिका र न्यायपालिकाले न्याय दिन उदासिन भएको अवस्थामा अव संसदमाथि आशा र भरोसा गर्नुपर्नेमा जोड दिनुभयो । उक्त प्रकरण ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै उहाँले उक्त काण्डमा रु ४० अर्बको कर छली भएकाले त्यसको निराकरण गर्न सके देशमा लागेका भ्रष्टाचारका सबै धमिरा अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गएको बताउँदै उहाँले ती भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, सङ्घर्ष र आन्दोलनको रुपमा समेत लैजाने बताउनुभयो । ठूला प्रशासक, ठूला व्यापारी र प्रमुख राजनीतिक दलको संरक्षणमा भएको उक्त प्रकरणमा सर्वोच्च अदालत समेतले त्रुटिपूर्ण फैसला गरी न्याय मारेको उहाँले आरोप लगाउनुभयो । दसैँपछि देशभर सङ्गठन सुदृढीकरणका साथै वाइडबडी, बालुवाटार जग्गा प्रकरणलगायत विषयमा भएका भ्रष्टाचार विरुद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई