“इ-सिगरेट” माथि प्रतिबन्ध


भारतको केन्द्रीय सरकारले देशभरी इ-सिगरेट माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले इ-सिगरेट माथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् ।

निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर इ-सिगरेट माथि प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताउनुभयो । “केन्द्रीय मन्त्रिपरिषद् बैठकले इ-सिगरेट माथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ, यसको अर्थ इ-सिगरेट उत्पादन, किनबेच, ओसारपसार, भण्डारण र विज्ञापन गर्न नपाउने पनि हो,” उहाँले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनलाई उद्धृत गर्दै अर्थमन्त्री सीतारमणले सन् २०११ र २०१५ देखि २०१६ सम्ममा इ-सिगरेट प्रयोगकर्ताको सङ््ख्या ९०० प्रतिशतले वृद्धि भएको बताउनुभयो । इ-सिगरेट प्रतिबन्ध निर्देशिका २०१९ मा इ-सिगरेट प्रयोग गरेमा के के कारबाही हुने भन्ने व्यवस्था गरिएको छ ।

इ-सिगरेट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा अझ कडा कारबाहीको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । सूचना तथा प्रसारणमन्त्री प्रकाश जाभादेकरले इ-सिगरेट माथि प्रतिबन्ध लगाउनुपर्ने बेला भएको बताउनुभयो । उहाँले इ-सिगरेट माथि प्रतिबन्ध लगाउने प्रस्ताव पर्याप्त छलफलपछि मन्त्री परिषद्मा पेस भएको र पारित गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई