प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने
बजेट अधिवेशनको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुनेछ।
बाँके घटनालाई लिएर प्रतिपक्षी नेपाली कांग्रेस संसद अवरुद्ध गरि आएको थियो भने सरकारले घटनाका दोषी माथि कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएपछि हिजोबाट संसद सुचारु भएको थियो।