राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : योगेश भट्टराई


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ ।

सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय नाचघरमा आयोजित ‘सारङ्गीमा देश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई सङ्गीतको माध्यमबाट राष्ट्रलाई योगदान गर्ने गन्धर्व जातिको योगदान अविस्मरणीय रहेकोसमेत उल्लेख गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, “नेपालको एकतासँगै आगामी यात्राको अठोट र नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग गर्ने मेरो विश्वास छ ।” जसरी संविधान अनुपम र नवीन छ त्यसरी नै नेपालको गीत, सङ्गीत, साहित्य र जातजातिको क्षेत्र पनि विशिष्ट रहेको भन्दै उहाँले देशभरमा विगतदेखि आजसम्म विभिन्न जाति र जनजातिले जन्मदेखि मृत्युसम्म बजाइने बाजाको गौरवपूर्ण इतिहास रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले सात हजारभन्दा बढी बाजा सङ्कलन गरिसकेकाले यसलाई छिट्टै राष्ट्रिय सङ्ग्रहालयमा राख्ने योजना रहेको जानकारी दिनुभयो । बाँकी बाजा खेज्ने अभियानमा सरकार रहेको उहाँको भनाइ थियो ।

संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने संविधानसभालगायत साथ र सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभयो । सो क्रममा २० जना सारङ्गीवादकले विभिन्न भाकामा सारङ्गी रेटेर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई