राष्ट्र कल्याणको सङ्कल्पसहित पशुपतिनाथमा विशेष पूजा; शुक्रबार र शनिबार दीपावली गरिने


संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

यस अवसरमा कोषले बिहीबार बेलुकी पशुपति मन्दिर परिसरमा भक्ति सङ्गीत कार्यक्रम आयोजना गर्नुका साथै दीपावली समेत गरेको थियो । कार्यक्रममा कोषका सदस्य–सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कर्मचारी सहभागी हुनुभएको थियो । यस अवसरमा शुक्रबार र शनिबार पनि पशुपति क्षेत्रमा दीपावली गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई