सरकारका कामबारे जनतालाई बताउनुस् – प्रधानमन्त्री केपी शर्मा ओली
शनिबार दिउँसो काठमाडौंमा बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिराखेका कामबारे जनतालाई जानकारी गराउन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदलाई आग्रह गर्नु भएकाेछ।
‘कतिपय परिवर्तन विरोधीहरूले सरकारका कामबारे भ्रम फैलाइराखेका छन, कानुन निर्माण र विकास निर्माणमा सरकारले ध्यान दिइराखेको छ भन्ने कुरा जनतामाझ पुर्याउनु जरूरी छ। जनतामाझमा गएर तपाईंहरूले सरकारका कामबारे बताउनुपर्छ।’ भन्दै प्रधानमन्त्रीले सांसदलाई आग्रह गर्नु भएकाे छ।