बामदेव गौतम कास्की २ बाट उपचुनाव नलड्ने

काठमाडौं : नेकपाका नेता बामदेव गौतम कास्की २ बाट चुनाव लड्ने योजनाबाट पछि हटनु भएको छ ।
आज बसेको नेकपा सचिवालयको बैठकमा गौतमले उपचुनाव नलड्ने प्रस्ताव राख्नुभएको हो ।
यसलाई औपचारिक धारणाको रुपमा नलिने र थप अध्ययन गरेर मात्र निर्णयमा पुग्ने सहमति भएको एक सचिवालय सदस्यले बताएका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले गौतमलाई टिकट दिने आश्वासन समेत दिनुभएको थियो ।