भ्रष्टाचारीलाई गोली ठोक्न राष्ट्रपतिको आह्वान
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा भ्रष्टाचार उन्मुलन गर्न जनताले भ्रष्टाचारी विरुद्ध सशक्त प्रतिकार गर्नु पर्ने बताउनु भएको छ।
राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोली ठोक्न सार्वजानिक कार्यक्रमबाटै आग्रह गर्नु भएको छ। भ्रष्टाचार गर्नेलाई जेलको सजाय मात्रै पर्याप्त नहुने भएकाले उनिहरुलाई शारीरिक रुपमै कारबाही गर्नु पर्ने बताउनु भएको छ। सेवाग्राहीसँग घुस माग्ने कर्मचारीलाई तत्काल थप्पड हान्न उहाँले जनता समक्ष आग्रह गर्नु भएकोछ ।
कठोर प्रवृतिका मानिने फिलिपिनी राष्ट्रपति डुटर्टेलाई लागूऔषध विरुद्धको अभियान चलाउँदा कारबाही स्वरुप करिब ३४ सय मानिसको हत्या गरेको आरोप लागेकोछ ।