प्रहरीको घरधनीलाई अनुरोध, दशैंमा काठमाडौं बाहिर जाँदा जानकारी गराई दिनुस
चाडपर्वमा काठमाडौंको घर छाडेर पुर्ख्यौली घर जाँदा चोरीका घटनामा बृद्धि हुने भएकोले प्रहरीले घरधनीहरुलाई घर छाडेर गएको जानकारी दिन अनुरोध गरेको छ। साथै, घरमा काम गर्ने कामदार र सुरक्षाका लागि राखिएको व्यक्ती समेतको जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।
“चाडपर्व मनाउन पुर्ख्यौली घर जाने व्यक्तिको काठमाडौं उपत्यकामा रहेका घरमा चोरी हुने घटना धेरै हुने गरेकोले यो वर्ष यस्ता चोरीका घटना नहोउन् भनेर हामीले घरधनीसँग समन्वय गर्ने योजना बनाएका हौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिनु भयो। दशैं मनाउन काठमाडौं बाहिर जाने घरधनी सो सुचना नजिकको प्रहरी कार्यालयमा दिएमा उक्त घर माथि प्रहरीले त्यस्ता घर माथि विशेष निगरानी राख्ने एसएसपी सुवेदीले जानकारी दिनुभयो।