नर्सको नामदर्ता परीक्षा कात्तिक ३० गते,असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने


नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले यही असोज ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने काउन्सिलले आज जनाएको छ ।

परीक्षामा स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले नामदर्ता परीक्षामा आवेदन दिन सक्नेछन् । दर्ता परीक्षामा उत्तीर्ण भएपछि मात्र स्वास्थ्य सेवाका लागि योग्य मानिन्छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भहबm।ललअ।यचन।लउ मा गई आवेदन दिन सकिने, दुई घण्टा ३० अवधिको परीक्षा १५० वटा प्र्रश्न सोधिने काउन्सिलले सूचनामा जनाएको छ । यसअघि काउन्सिलले असार १८ गते नामदर्ता परीक्षाको नतिजा सार्वजानिक गरेको थियो । सो परीक्षामा नेपाल र भारतका २१४ कलेजबाट ती तह उत्तीर्ण गरेका विद्यार्थी सहभागी रहेका थिए । हालसम्म काउन्सिलमा ८९ हजार ७८७ नर्सले नाम दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सर्लाही, कबिलासी नगरपालिका-८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको अभियोगमा उनकै भाइ अमरकान्त

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई