टीकापुर घटनाका विषयमा छलफल भएको छ : अध्यक्ष दाहाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाका विषयमा छलफल भएको बताउनुभएको छ ।

सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आदिवासी थारूहरु आन्दोलनका सहयात्री हुन् ।

हामी गतिशीलता र प्रगतिशीलमा विश्वास गर्ने मान्छे, निरन्तर समृद्धिको यात्रामा लैजाने सङ्कल्प गरेका छौँ ।” अध्यक्ष दाहालले राष्ट्र समृद्धि र समाजवादको आधार तयार गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “थारूहरुको मात्र आन्दोलन उनीहरुको मात्र होइन, सबैको आन्दोलन हो, यसको समाधानको बाटोमा लाग्नुपर्छ ।”

अध्यक्ष दाहालले देशमा सञ्चालन भएका सबैखाले आन्दोलनमा थारूहरुको सहभागिता रहेको समेत उल्लेख गर्नुभयो । तराईको भूमिपुत्रका रुपमा रहेका थारूहरु राष्ट्रनिर्माणका लागि सधैँ पहरेदारको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

नेपालका थारूहरुको योगदान विशिष्ट रहेको बताउँदै उहाँले सामाजिक रुपान्तरणका निम्ति थारूहरुको योगदान विशिष्ट स्मरण गर्नुभयो । सो अवसरमा नेकपा सचिवालय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्य, कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी लगायतका व्यक्तिहरुले जितिया पर्वको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई