सरकार सहि गतिमा अगाडि बढिरहेको छ : मन्त्री अर्याल


भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उहाँले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताउनुभयो ।

नेपाली जनताले लामो सङ्घर्षले प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुन्छ भन्दै मन्त्री अर्यालले राम्रो ढङ्गले काम गर्न र जनताको मन जित्न नसकेमा गणतन्त्र पनि जोगाउन कठिन हुने धारणा राख्नुभयो ।

अहिले पनि आक्रमण गर्ने, अविश्वास खडा गर्ने, व्यवस्थामाथि प्रश्न उठाउने गरी चलखेल शुरू भइरहेको भन्दै यी कुरालाई चिर्दै जनप्रतिनिधि सचेत हँुदै सुक्ष्म र सिर्जनशील ढङ्गले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

अब विकासका निम्ति हिजोका नमिलेका पुराना कानूनलाई संशोधन गर्दै जानुपर्ने भन्दै जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उहाँले स्थानीय पालिकालाई आग्रह गर्नुभयो ।

मन्त्री अर्यालले खासगरी योगना बाँडफाँटका क्रममा हुने गरेका बेथितिलाई रोक्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहीरूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गर्नुभयो । –––

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई