प्रचन्डको प्रश्न : नाम त अहिले कम्युनिष्ट नै छ, के साँच्चै कम्युनिष्ट नै छौ त ?


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताउनुभएको छ । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले प्रधानले गरेका योगदानका धेरै पक्ष रहेका बताउनुभयो । “समग्रमा उहाँ नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनको एउटा अग्रणी नेता हुनुहुन्थो”, उहाँले भन्नुभयो, “उहाँ नेपाली समाजको नेपाली रुपान्तरण र राजनीतिकलाई नेतृत्व गर्ने अगुवा नेताको रुपमा रहनुहुन्थ्यो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले सहाना प्रधानजस्तो राजनीतिज्ञ, राणाशाही र तानाशाहीका विरुद्ध जीवनभर धेरै खालका अप्ठ्याराको सामन गरेर सङ्घर्ष गर्ने नेतालाई सम्मान गर्दा आदर्शका कुरा भुल्न नहुने बताउनुभयो । उहाँले पुष्पलालले नेपाली समाज र माक्सवादको राम्रो विश्लेषण गरेर पार्टी स्थापना गरी अगुवाइ गर्दै स्थापना गरेको कम्युनिष्ट पार्टीबाट नै नेपालमा क्रान्ति र परिवर्तनको प्रक्रियालाई शुरु गरिएको उल्लेख गर्नुभयो । उहाँले पुष्पलाल र सहाना लगायत पुराना पिँढीका धेरै नेताले त्याग, तपस्या, निष्ठा, मिहिनेतको जीवन व्यतित गरे पनि व्यक्तिगत पद प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग नगरेका बताउनुभयो । “नाम त अहिले कम्युनिष्ट नै छ के साँच्चै कम्युनिष्ट नै छौ त अहिले ?, भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेको छौ के हामीले समाजवादको यात्राका निम्ति योद्धा जस्तै छौ त हामी ?, या हामी बिस्तारै काङ्ग्रेस जस्ता र हिजोका निरङ्कुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेको छाँै”, अध्यक्ष दाहालले भन्नुभयो । हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भन्ने ठूलो कुरा होइन, ठूलो कुरा गर्ने भन्ने हो, हामीले के गर्ने भन्ने कुराको अर्थ र महत्व छ, हामीले के भन्छाँै भन्ने त्यति अर्थ छैन ।” कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सहाना प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले पुष्पलालको निधनपछि उहाँले नै पार्टीको अगुवाइ गरेको भन्दै सहानाको योगदान अमर र अजर रहेको उललेख गर्नुभयो । उहाँले पार्टीमा अझै पनि महिलाको सन्तुलन कायम गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य धनश्याम भुसालले कम्युनिष्ट बनाउनमा उहाँको दृढता र दृष्टिकोण व्यापकता रहेको बताउनुभयो । अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले राजनीतिक र महिला आन्दोलनको अद्वितीय नेताका रुपमा प्रधान रहेको बताउनुभयो । उहाँले सहानाले कहिल्यै व्यक्तिगत स्वार्थमा नलागी जनता र महिला मुक्तिका लागि त्याग र तपस्या गरेको बताउनुभयो । उहाँले पार्टीमा अझै पनि महिलाप्रति न्याय हुन नसकेको भन्दै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा सहानाका छोरा उमेशलाल श्रेष्ठले आमाको योगदानलाई पार्टीले एक वर्षमा सम्झने गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । विसं १९८४ मा जन्मिनुभएका प्रधानको आजैका दिन विसं २०७१ असोज ७ गते निधन भएको थियो । –––

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई