मानसिक रोगमुक्त प्रदेश बनाउनुपर्छ : सभामुख श्रेष्ठ


प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले यो प्रदेशलाई मानसिक रोगमुक्त प्रदेश बनाउन पहल गरिने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. ३ कार्यालय, सानेपाद्वारा आज हेटौँडामा आयोजित ‘मानसिक स्वास्थ्यको वर्तमान अवस्था’ विषयक अन्तरक्रियामा उहाँले यौन, धन, पद, प्रतिष्ठा र महत्वाकाङ्क्षा आदिको वास्तविकता नबुझेर तथा परिस्थितिजन्य कारणले मानिस मानसिक रोगी हुने गरेको बताउनुभयो ।

सभामुख श्रेष्ठले मानसिक रुपमा स्वस्थ हुन आनीबानी परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै यो प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले वृद्धाश्रम, बालआश्रम तथा अनाथाश्रमको सङ्ख्या घटाउनुपर्ने बताउँदै केही जिल्ला समेटेर एउटा मात्र आश्रम स्थापना गरी आर्थिक, सामाजिक र मानसिक व्यवस्थापनमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो । उहाँले विकास प्रक्रिया बढ्दै जाँदा मानसिक समस्यामा पनि वृद्धि हुँदै जाने भन्दै नेपालमा अन्य देशको तुलनामा मानसिक रोगको अस्पताल ओझेलमा परेको बताउनुभयो । सामाजिक विकासमन्त्री युवराज दुलालले मानसिक सन्तुलन गुमाएका व्यक्तिको व्यवस्थापन सरकारले गर्नुपर्ने बताउँदै सबै किसिमका उपचार हुने एकीकृत स्वास्थ्य सेवा क्लिनिक शुरु गर्ने योजनामा प्रदेश सरकार रहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल, मुनु सिग्देल, रामलाल महतो लगायतले मानसिक रोग न्यूनीकरणमा सरकारले खेल्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई, निर्देशक यज्ञप्रसाद अधिकारी, हेटाँैडा अस्पतालका मानसिक स्वास्थ्य मनोसामाजिक परामर्शदाता डाक्टर सागर काफ्ले लगायतले मानसिक रोग र यसको न्यूनीकरणका लागि परिवार, समाज र सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ,  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई

घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की दिएको अभियोगमा पक्राउ

रौतहट,आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दु:ख हैरानी दिएको अभियोगमा

हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ

रौतहट, घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका-९

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई