एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने


जी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले रु ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ । छुटको टिकट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले सो सुविधा पाउने जनाइएको छ । एउटा उडानमा अधिकतम दुई जनाले मात्रै सो सुविधा पाउने कम्पनीले स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो वर्ष दिनको कार्ययोजनामा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा गर्नुभएको थियो । त्यसको कार्यान्वयनका रुपमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले केही दिनअघि विज्ञप्ति निकालेर ५० प्रतिशत छुटको घोषणा गरेको थियो । निजी क्षेत्रकातर्फबाट श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार (दुई सिआरजे २०० र दुई सिआरजे ७००) जहाजले चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ ।¬

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ,  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई

घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की दिएको अभियोगमा पक्राउ

रौतहट,आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दु:ख हैरानी दिएको अभियोगमा

हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ

रौतहट, घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका-९

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई