‘सी’ कक्षा कांग्रेस सशंकित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका नेताका लागि भइरहेको चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारामा आधारित ‘कक्षा’प्रति शंका व्यक्त गरेको छ ।
कांग्रेसले चिनियाँ राष्ट्रपति सीको बटमलाइनअनुसार नै नेपालमा सत्तामा रहेका दलका नेतालाई प्रशिक्षण हुन लागेको र सो प्रशिक्षण नेपालको हितमा नरहने जनाएको हो ।
नेपालमा सुदृढ बन्दै गएको लोकतन्त्र, मौलाएको प्रजातन्त्र, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, मानवअधिकार र नेपालमा विद्यमान अवस्थामा रहेको संसदीय व्यवस्थालाई नै सी ‘कक्षा’ ले भविष्यमा असर गर्न सक्ने कांग्रेसले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।