राष्ट्रकविलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गर्नुभएको हो । “ १०१ औं जन्मदिवसका अवसरमा काव्यसाधक तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूमा हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् । सुस्वास्थ्य र दीर्घायुको मङ्गलमय शुभकामना । ”, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ ।
हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।