टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु


सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ ।

काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

आइतबार अग्रिम टिकट शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

आजबाट कलङ्की र बल्खुमा कक्ष शुरु भएको छ । बुधबारबाट थप १४ स्थानमा कक्ष शुरु गर्ने योजना रहेको विभागले जनाएको छ ।

यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।” यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताउनुभयो ।

नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई