भविष्य ‘विश्ववादी’को होइन, ‘देशभक्त’ को हुनेछ : ट्रम्प


संयुक्त राष्ट्रसंघ, ७ असोज (रासस÷एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यवस्थामाथि नयाँ आक्रमण गर्दै मङ्गलबार विश्ववादीहरूले नजित्ने बताउनुभएको छ ।

राष्ट्रसंघमा सम्वोधन गर्दै उहाँले भन्नुभयो, “भविष्य विश्ववादीको नभै देशभक्तको हुनेछ ।” उहाँले थप्नुभयो, “भविष्य आफ्ना नागरिकको भलो चिताउने र सुरक्षा प्रदान गर्ने सार्वभौम तथा स्वतन्त्र मुलुकहरूको हो । उनीहरूका छिमेकीलाई आदर गर्नुस् । मतभिन्नताहरूलाई सम्मान गर्नुस् । यसबाट हरेक मुलुकलाई विशेष र भिन्न बनाउनेछ ।” “बषौँसम्म यी व्यापार तनावहरू सहियो, वेवास्ता गरियो वा अझ प्रोत्साहन गरियो,” ट्रम्पले सम्वोधनमा भन्नुभयो ।

उहाँले थप्नुभयो, “विश्वका नेताहरूलाई विश्वव्यापीकरणले उनीहरूको आफ्नो हितलाई बिर्सन उद्दत गरेको छ ।” उहाँले इरानले आफ्नो व्यवहार नसच्चाएसम्म नाकावन्दी जारी रहने बताउँदै अमेरिकाको आलोचना गर्ने मुलुकहरू र त्यहाँका गतिविधिप्रति पनि विरोध जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई