पब्जी खेल प्रतिबन्ध विरुद्ध रिट


काठमाडौँ, ४ वैशाख (रासस) : अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर रिटमा पब्जीमाथि प्रतिबन्धको निर्णय बदरको माग गरिएको छ । रिटमा इन्टरनेटका माध्यमबाट अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई कानून विना स्वेच्छाचारी ढङ्गले बन्देज लगाउने निर्णय तथा पत्राचार मुद्दाको टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ । गत चैत २७ गते महानगरीय अपराध महाशाखाले पब्जी खेल बन्द गर्ने आदेश माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो । अदालतले अनलाइन खेलले पार्ने असरका सम्बन्धमा मनोचिकित्सकको समेत परामर्श लिई माग बमोजिम सो खेल बन्द गर्न स्वीकृति दिने आदेश जारी गरेको थियो । सो आदेशपछि नेपाल दूरसञ्चार प्राधिकरणले गत चैत २८ गतेदेखि लागू हुने गरी पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस  
किताब जात्राको पाँचौं संस्करण काठमाडौंमा हुँदै, जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ घोषणा गरिने

काठमाडौं । ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी,

टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक

काठमाडौँ, वैशाख ५ गते : नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

  काठमाडौँ– नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

  काठमाडौं फागुन २२ : नेपाल टेलिकमले बागलुङको पर्यटकिय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोवाईल

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई